Tuesday, August 6, 2013

Maharshi Kanada's Laws of motion


हामीहरु धेरैलाइ न्युटनको गति सम्बन्धि नियमका बारेमा थाहा छ । न्युटनले उक्त नियमहरु ५ जुलाइ १६८७ का दिन "Philosophiæ Naturalis Principia Mathematica"  नामक पुस्तकमा प्रकाशित गराएका थिए । तर न्युटन भन्दा धेरै अगाडी नै वैज्ञानिक एवम् दार्शनिक महर्षि कणादले गति सम्बन्धि नियम पत्ता लगाइसकेका थिए । उनले वैशॆषिक दर्शनमा बल र गतिको सम्बन्ध ब्याख्या गरेका छन् ।महर्षि  कणादले वैशेषिकदर्शनमा कर्म शब्द गतिसँग सम्बन्धित भएको उल्लेख गरेका छन् । उनका अनुसार गति ५ प्रकारका हुन्छन् ।
. उत्क्षेपण (Upward motion)
. अवक्षेपण (Downward motion)
. आकुञ्चन )Motion due to the release of tensile stress)
. प्रसारण )Shearing motion) 
. गमन )General Type of motion)

First Law of Motion
महर्षि  कणाद:- वेग: निमित्तविशेषात्‌ कर्मणो जायते
Newton:- The change of motion is due to impressed force (Principia)
 











(The law stated that an object at rest tends to stay at rest and an object in motion tends to stay in motion with the same speed and in the same direction unless acted upon by an unbalanced force.)

Second Law of Motion
महर्षि  कणाद:- वेग निमित्तापेक्षात्‌ कर्मणो जायते नियत्दिक्‌ क्रिया प्रबंध हेतु
Newton:- The change of motion is proportional‌ to the motive force impressed and is made in the direction of the right line in which‌ the force is impressed (Principia)









Third Law of Motion
महर्षि  कणाद:-  वेग: संयोगविशेष विरोधी
Newton:- To every‌ action there is always an equal‌ and opposite reaction (Principia)
 









Wednesday, June 13, 2012

The glory of White Monastery (Seto Gumba)

---------------------------------------------------------------------
Druk Amitabha Monastery (White Gumba) Visit
Route: Swayambhu>> Amitabha Monastery, Ramkot VDC
Date: 27th of Jestha 2069, Saturday  (9th of June, 2012)
Participants: Uma, Uttara, Laxmi and Sudarshan
-------------------------------------------------------------------


About monastery
Druk Amitabha Mountain is dedicated to Amitabha Buddha. Gumba is situated on the top of Ramkot VDC, Kathmandu, Nepal, was founded in 1989 by His Holiness the Gyalwang Drukpa, spiritual head of the Drukpa Lineage. His Holiness is committed in promoting gender equality within the spiritual community of Himalayan Buddhism.


This land was originally bought to set up a family residence in the early 80's, but His Holiness's mother had seen many insects killed there when excavation work was taking place, therefore she dedicated this land to be used for a beneficial purpose for others, so that the millions of insects killed there would be directly or indirectly liberated.

Location, architecture and decoration of Gumba are very attractive and decoration is based on Buddhist tantra. Panoramic view of Kathmandu city can be seen from here. 

In my opinion, this place is become more spiritual than religious. 

Amitabha Buddha
Amitabha Buddha is described in the scriptures of the Mahayana school of Buddhism and is known for the deep awareness of individualities. Sanskrit words 'amita' means "without bound" or "infinite" and 'abha' means "light" or "splendor". "Amitabha" is translatable as "Infinite Light," hence Amitabha is often called "The Buddha of Infinite Light."













Wednesday, May 16, 2012

सूर्य–शुक्रको भेदयुति (Transit of Venus)


यो वर्ष खगोलमा रुचि राख्नेहरुका लागि महत्वपूर्ण रहनेछ । एक पटक फेरि शुक्र ग्रहले खगोलशास्त्री, वैज्ञानिक र खगोलीय घटनाहरुमा चाख दिनेहरुका लागि नव चिन्तन र अनुसन्धानको ढोका खोलिदिएको छ । आगामी २३ र २४ ज्येष्ठ (जुन ५ र ६ तारिख)का दिन एउटा अनौठो खगोलीय घटना घट्दै छ । हामी दुई तिहाई भन्दा बढी पृथ्वीबासीहरु यस घटनाका साक्षी हुनेछौं । सायदै हामीले यो घटना यस पछि देख्नेछौं अर्थात् हाम्रो जीवनकालमा यो घटना नै अन्तिम हुनेछ । उक्त दिन सूर्य बिम्बबाट सानो धब्बाको रुपमा शुक्र ग्रहले पार गरेको देखिनेछ । यस घटनालाई शुक्रको पारगमन, कसैले सूर्य शुक्र भेदयुति त कँही सूर्य बिम्बमाथि शुक्रको अतिक्रमण (Transit of Venus) को संज्ञा दिइएको पाइन्छ । ज्योर्तिगणितम्मा आचार्य वेङकटेश केतकरले गणित उदाहरण प्रस्तुत गर्दै भेदयुति भन्ने शब्द प्रयोग गरेकाछन् । यहाँ पनि भेदयुति भन्ने शब्द नै प्रयोग गरिएको छ ।

शुक्र सौरमण्डलमा सूर्यबाट दोस्रो नजिकको ग्रह हो । यसको व्यास १२,१०३.६  कि.मि. र भार १०२४ किलोग्रामको छ । पृथ्वीभन्दा शुक्रको व्यास लगभग ९५% सानो र भार ८१.५% कम छ । अतः पृथ्वीबाट हेर्दा आकार र दुरी एवं सूर्य जस्तो ठूलो गोलाको नजिकबाट भ्रमण गर्दा शुक्र सानो धब्बा जस्तो मात्र देखिन्छ । त्यसैले यसको अध्ययन दुरविनको सहायताले गरिन्छ । तर, दुरबिनमा विशेष प्रकारको ग्लास फिल्टरको प्रयोग आवश्यक हुन्छ अन्यथा नेत्रको ज्योतिलाई ह्रास गर्दछ ।

सूर्य र पृथ्वीको बिचमा शुक्र ग्रह आइपुगेपछि पृथ्वीबाट हेर्दा यो दृष्य देखिन्छ । तर विशेष अवस्थिति (alignment) का कारण यो एक अत्यन्त दुर्लभ घटना हुन पुगेको हो । अघिल्लो पटक २६ ज्येष्ठ २०६ मा देखिएको यस्तो दृष्य यस बर्ष २४ ज्येष्ठ २०६९ पछि २४ मंसिर २१७४ मा मात्र देखिनेछ ।

सूर्यशुक्र झै भेदयुति सूर्यबुधको पनि देखिन्छ । तर शुक्रको भन्दा छिटो दोहोरिन्छ ।  खगोलशास्त्रीहरुका अनुसार सूर्यबुधको भेदयुति एक शताब्दीमा १३ पटक हुन्छ । यसको समयान्तर १३,७, १० र ३ बर्षको हुन्छ र अंग्रेजी महिनाको मे र नोभेम्बरमा मात्र दृष्य छ । भेदयुति भित्रिग्रहहरु (Interior Planets) बुध र शुक्रको मात्र संभव छ । किनभने यसकालागि सूर्य र पृथ्वीको बिचमा ग्रह हुन जरुरी छ । अन्य ग्रहहरु सूर्य र पृथ्वीको बिचमा आउन संभव छैन ।

मिति (वि.सं.)    (इ.सं.)            फरक बर्ष
२३ मार्ग १९३९         १८८२ डिसेम्बर ६    
२६ ज्येष्ठ २०६१         २००४ जुन ८       १२१.५
२४ ज्येष्ठ २०६९        २०१२ जुन ६        ८
२४ मार्ग २१७४        २११७ डिसेम्बर ११   १०५.५
२४ मार्ग २१८२         २१२५ डिसेम्बर ११  ८

शुक्रको भ्रमण पथ पृथ्वीको भ्रमण पथसँग ३.३९४० ले ढल्केको छ । यसले क्रान्तिवृत्त (पृथ्वीबाट हेर्दा आकाशमा सूर्य हिँड्ने बाटो) को दुई बिन्दुलाई काट्दछ, यही विन्दुमा सूर्य अंग्रेजी महिनाको जुनको सुरु र डिसेम्बरमा आइपुग्छ । संयोगवश शुक्र पनि यही स्थानमा आइपुगे सूर्य शुक्रको भेदयुति पृथ्वीबाट देखिन्छ । यसैकारण जुनको शुरु र डिसेम्बर महिनामा मात्र यो घटना देखिने गरेको हो । शुक्रले २२४.७ दिनमा सूर्यलाई एक चक्कर लगाउँदछ । त्यस्तै सूर्य शुक्र र पृथ्वीको सोही अंशमा भेट (Inferior Conjunction) ५८३.९ दिनमा हुन्छ । यस हिसावले सूर्य–शुक्रको भेदयुति चाँडै नै हुनु पर्ने हो तर सूर्य उक्त स्थानमा भएको बेला शुक्र क्रान्तिवृत्तबाट माथि वा तल पर्न जाने हुँदा संयोगका लागि लामो समय पर्खनु पर्छ ।

सूर्य–शुक्रको भेदयुतिका मितिहरुलाई संकलन गरी विश्लेषण गर्ने हो भने निम्न बर्षहरुको अनौठो पुनरावृत्ति चक्र (Repetition pattern) देखा पर्दछ: १२१.५, ८, १०५.५ र ८..................

माथि उल्लेख भइसकेको छ कि पृथ्वी र शुक्र सूर्यको एउटै सतहमा भए युति भेदन हुन्छ । त्यस्तै सूर्य र पृथ्वीको बिचमा शुक्र प्रत्येक १.५ वर्षमा आउँछ । तर शुक्र सूर्य बिम्बभन्दा कहिले केही माथि र कहिले केही तल पर्न जाने हुँदा संयोग पर्नका लागि माथि उल्लिखित पुनरावृत्ति चक्रलाई पर्खनै पर्ने हुन्छ । यो कुरा प्रत्येक औंसीमा सूर्य ग्रहण नपरे जस्तै हो ।

यसको महत्व
वैज्ञानिकहरुका अनुसार यस घटनाले ब्रम्हाण्डमा हाम्रो स्थान निर्धारण गर्न मद्दत पु¥याउँछ । पृथ्वीको विभिन्न स्थानबाट हेर्दा देखिने भेदयुतिको फरक फरक स्थिति र समयावधि यसका लागि महत्वपूर्ण हुन्छ । सूर्य र पृथ्वीको दुरी निर्धारण भएपछि केपलरको तेस्रो नियमको प्रयोगले सूर्य र अन्य ग्रहको दुरी पत्ता लगाउन सजिलो हुने र यसले सौरमण्डलको मापन गर्न समेत सकिने कुरा वैज्ञानिकहरु बताउँछन् । त्यसकारण यो मौकालाई उपकरणका रुपमा प्रयोग गर्न वैज्ञानिकहरु ऐतिहासिक  कुतूहल लिएर पर्खिरहेका छन् । सर्वसाधारणलाई यस घटनाले सौरमण्डल र हाम्रो जीवनबारे उत्सुकता जगाउन साथै खगोलका बारेमा अध्ययन बढाउन सुनौलो मौका प्रदान गर्दछ । नेपालमा पञ्चांग र ग्रहगणनाका लागि सूर्य सिद्धान्तको प्रयोग गरिंदै आएको छ । ग्रहहरुको स्थिति पात्रोहरुमा उल्लेख गर्ने गरिएको छ । भेदयुतिको समयमा सूर्य र शुक्रको स्थितिलाई पृथ्वीबाट एकै साथ अध्ययन गर्न सकिने हुदाँ गणना पद्धतिमा कुनै फरक देखिएमा सुधार गर्ने उपाय अपनाउन यसलाई अवसरका रुपमा लिनुपर्छ ।

कसरी हेर्ने ?
सुरक्षित तरिका नअपनाई सूर्य बिम्बमा हेर्नु घातक हुन सक्छ । अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा जारी गरिएको सबै भन्दा सजिलो र सुरक्षित उपाय १४ नं. बेल्डिङ्ग ग्लासको प्रयोग गर्नु हो । तर ७, ७ नं. का २ वटा ग्लासहरुको प्रयोग नगर्न समेत सचेत गराइएको छ । स्वीकृत नगरिएका परम्परागत तरिका अपनाई हेर्दा आँखाको ज्योतिसमेत गुम्न सक्छ ।

कहाँ कहाँबाट कहिले देखिन्छ ?
नासाका ग्रहणविद् Fred Espenak ले तयार पारेको नक्साअनुसार यो घटना सम्पूर्ण (स्पर्शदेखि मोक्षसम्म) रुपमा उत्तर अमेरिकाको उत्तर पश्चिमी भाग, हवाई, पश्चिमी प्यासिफिक, एशियाको उत्तरी भाग, जापान, कोरिया, चीनको पूर्वभाग, फिलिपिन्स, अष्ट्रेलिया र न्युजिल्याण्डबाट देखिनेछ। त्यसैगरी २३ ज्येष्ठका दिन उत्तर अमेरिका, क्यारेबियन सागर, दक्षिण अमेरिकाको उत्तर पश्चिमी भागमा सूर्यास्त समयमा समेत युतिभेद भइरहेको हुन्छ । २४ ज्येष्ठका दिन नेपाल, भारत, मध्य एशिया, मध्यपूर्व, युरोप र पूर्वी अफ्रिकाबाट देखिनेछ । तर, सूर्योदय हुँदा युति भेदन प्रारम्भ भइसकेको हुनेछ । पोर्चुगल, स्पेनको दक्षिणी भाग, पश्चिम अफ्रिका र दक्षिण अफ्रिकाको दक्षिण पूर्वका केही भागमा यो घटना देख्न असम्भव छ ।

गणित अनुसार २४ ज्येष्ठमा काठमाडौंमा शुक्रले सूर्यबिम्बलाई रात्रि ३ः५५ बजे नै स्पर्श गर्ने भएपनि त्यस समयमा सूर्य क्षितिज भन्दा तल हुने भएकोले यो घटना क्षितिजमा सूर्य आए पछि दृष्य हुन्छ र बिहान १०ः३६ बजे सम्म रहने छ । शुक्र सूर्य बिम्बको उत्तरी क्षेत्रबाट प्रवेश गरि पूर्वबाट निस्कने छ ।








 

Thursday, April 19, 2012

समय मण्डल (Time Zone) सम्बन्धि सिद्धान्त

समय मण्डल (Time Zone) भन्नाले पृथ्वीको यस्तो क्षेत्रलाई जनाउँछ जहाँ एउटै प्रामाणिक  समयको प्रयोग हुन्छ । समय मण्डल निर्धारण गर्ने सामान्य ज्यामितीय नियम पृथ्वीको देशान्तरको प्रत्येक १५ (१ घंटा) बराबर एक क्षेत्र निर्धारण गर्नु पर्छ भन्ने हो । तर अन्य भौगोलिक र राजनैतिक अभ्यासहरुको प्रभाव यस नियममा परेको देखिन्छ ।
समय मण्डलको निर्धारण हुनु भन्दा अघि स्थानीय सौर समयको प्रयोग हुँदै आएको थियो । स्थानीय सौर समय नै स्पष्ट समय हो । धुपघडीले दिने समय स्थानीय सौर समय हो । यान्त्रीक घडीले दिने समय मध्यम समय हो ।
Greenwitch Mean Time (GMT) को शुरुवात सन् १६७५ मा ब्रिटेनको Royal Observatory ले गरेको हो । जसको उद्देश्य देशान्तरको निर्धारण गर्नु थियो । पहिलो Time Zone को निर्धारण व्रिटेनकै रेलवे कम्पनीहरुले 1 December 1947 मा बोक्न मिल्ने Chronometer को सहायताले गरेका थिए । यसलाई नै केही समय पश्चात रेलवे समय भनिन थाल्यो । सन् १८५५ सम्ममा ब्रिटेनका ९८% घडीमा  GMT को प्रयोग हुन थाल्यो । सन् १८६८ नोभेम्बर २ देखि ब्रिटिस कोलोनीका रुपमा न्यूजिल्याण्डमा पनि स्ट्याण्डर्ड समयको प्रयोग हुन थाल्यो । जुन ग्रीनवीचबाट १७२ ३०पूर्वी देशान्तर अर्थात ११ घं.३० मी अघिको समय थियो । ब्रिटेन पछि संभवत स्ट्याण्डर्ड समयको प्रयोग गर्ने मुलुक यहि हो । जसलाई न्यूजिल्याण्ड मीन टाइम भनिन थाल्यो ।
सन् १८७६ मा Sandford Fleming ले संसारभरि २४ घंटे घडीबाट एउटै समय कायम गर्नु पर्ने प्रस्ताव अघि सारेका थिए । उनको प्रस्ताव ग्रीनवीचको ठीक विपरित अर्थात् अन्तराष्ट्रिय मितिरेखा (International Date Line) बाट घडीको शुरुवात गर्नुपर्छ भन्ने थियो । उनले यसको वकालत जारी राखेका थिए तर सन् १८८४ को अक्टोबरमा भएको International Meridian Conference ले उक्त प्रस्तावलाई अस्विकार गर्यो र ग्रीनवीचलाई नै आधार मान्ने भयो ।
अमेरिकाको समय प्रणाली १९ औं शताव्दीको मध्य सम्म पनि असजिलो थियो । रेलरोडहरुमा आफ्नै किसिमका समय प्रयोग हुन्थे । रेल परिर्वतन गर्दै लामो दुरीको यात्रा गर्दा आफ्नो रेल कहिले आईपुग्ने हो भन्ने कुराले यात्रुहरु भ्रममा पर्थे । 19 March 1918 का दिन अमेरिकी कंग्रेसमा Standard Time विधेयक पारित भई कानुन बनेपछि त्यहा रहेको समय सम्बन्धी भ्रम विस्तारै हट्दै गयो ।
सन् १९२९ बाट प्रमुख राष्ट्रहरुले घंटाकै आधारमा समय मण्डल निर्धारण गर्न थाले । हाल सबै देशहरुले प्रामाणिक समय मण्डलको प्रयोग गर्दछन् । तर समय मण्डलको निर्धारणका लागि यसको आधारभुत परिभाषालाई पछ्याएको भने देखिदैंन । न्यूफाउण्डल्याण्ड, भारत, इरान, अफगानिस्तान, भेनेजुयला, बर्मा, मौरिसस र अष्ट्रलेलिया(केही क्षेत्रमा) मा आधा घण्टा (साढे) को समय मण्डल प्रचलनमा रहेको छ । नेपाल र केही क्षेत्रहरु जस्तै Chatham Island ले चौथाई फरक प्रयोग गरेका छन् । केही राष्ट्र (प्रमुख रुपमा चिन) हरुले क्षेत्रफल समय मण्डलबाट १५  देशान्तर भन्दा बढी भए पनि देशभर एउटै समय लागु गरेका छन् ।
कम्प्युटर र इन्टरनेटमा समय मण्डलको प्रयोग
इन्टरनेटमा Coordinated Universal Time (UTC)  को प्रयोग गरिन्छ ।  जस्तै च्याटिङ्ग, न्यूज सोज आदिमा । इमेलमा प्रेषकको Time Zone प्रेषित समय गणनाकालागि प्रयोग हुन्छ । तर प्राप्तकर्ताको इमेल क्लाइटमा आफ्नो सेटिङ्ग अनुसार प्रेषित समय पुनः गणना हुन्छ ।
मुख्य अपरेटिङ्ग सिस्टमहरु Windows, Unix Unix का अन्य उत्पादनमा समेत Time Zone को सेटिङ्ग राखिएको हुन्छ । Unix  Linux मा zoneinfo नामक डाटाबेसमा समय सम्बन्धी जानकारीहरु संचित भएका हुन्छन् । Windows मा Run मा गई timedate.cpl टाईप गरेपछि Time Zone ट्यावबाट विश्वका प्रमुख शहरहरुको विवरण प्राप्त गर्न र कम्प्युटरको सेटिङ्ग परिवर्तन गर्न सकिन्छ ।
(यो लेख २०६८ चैत्र महिनाको ज्योतिर्विज्ञान मञ्चमा पनि छापिएको थियो ।)

Wednesday, October 26, 2011

श्रीसुक्तम्


श्रीसुक्तम्

हिरण्यवर्णा हरिणीं सुवर्णरजतस्रजाम्
चन्द्रां हिरण्यमयीं लक्ष्मीं जातवेदो मऽआवह।।।।
            तां आवह जातवेदो लक्ष्मीमनपगामिनीम्
            यस्या हिरण्यं विन्देयं गामश्वं पुरुषानहम् ।।।।
Invoke for you O Agni, the Goddess Lakshmi, who shines like gold, yellow in hue, wearing gold and silver garlands, blooming like the moon, the embodiment of wealth.
O Agni! Invoke for me that unfailing Lakshmi, blessed by whom, I shall win wealth, cattle, horses and men. 

अश्वपूर्णा रथमध्यां हस्तिनादप्रमोदिनीम्
श्रियं देवीमुपह्वये श्रीर्मा देवीजुषताम् ।।।।
            कां सोस्मितां हिरण्यप्राकारामाद्रा ज्वलन्तीं तृप्तां तर्पयन्तीम्
            पद्मस्थितां पद्मवर्णा तामिहो पह्वये श्रियम् ।।।।
I invoke Shri (Lakshmi, who has a line of horses in her front, a series of chariots in the middle, who is being awakened by the trumpeting of elephants, who is divinely resplendent. May that divine Lakshmi grace me. I hereby invoke that Shri (Lakshmi) who is the embodiment of absolute bliss; who is of pleasant smile on her face; whose lustre is that of burnished gold; who is wet as it were, (just from the milky ocean) who is blazing with splendour, and is the embodiment of the fulfillment of all wishes; who satisfies the desire of her votaries; who is seated on the lotus and is beautiful like the lotus.

 
चन्द्रां प्रभासां यशसा ज्वल्न्तीं श्रियं लोके देवजुष्टामुदाराम्
तां पद्मिनींमीं शरण प्रपद्येऽलक्ष्मीर्मे नश्यतां त्वां वृणोमि ।।।।
            आदित्यवर्णे तपसोऽधिजातो वनस्पतिस्तव वृक्षोऽथ बिल्वः
            तस्य फ़लानि तपसानुदन्तु या अन्तरा याश्च बाह्या अलक्ष्मीः ।।।।
I resort to that Lakshmi for shelter in this world, who is beautiful like the moon, who shines bright, who is blazing with renown, which is adored (even) by the gods, which is highly magnanimous, and grand like the lotus. May my misfortunes perish. I surrender myself to You, O resplendent like the Sun! By your power and glory, plants like the bael tree have grown up. may the fruits thereof destroy through the grace of all inauspiciousness rising from the inner organs and ignorance as well from the outer senses. 


उपैतु मां देवसखः कीर्तिश्च मणिना सह
प्रादुर्भूतोऽस्मि राष्ट्रेऽस्मिन्कीर्तिमृद्धिं ददातु मे ।।।। 
            क्षुत्पिपासामलां जयेष्ठामलक्ष्मीं नाशयाम्यहम्
            अभूतिमसमृद्धिं सर्वा निणुद मे गृहात् ।।।।
O Lakshmi! I am born in this country with the heritage of wealth. May the friends of Lord Siva (Kubera, Lord of wealth and Fame), come to me. May these (having take their abode with me), bestow on me fame and prosperity. I shall destroy the elder sister to Lakshmi, the embodiment of inauspiciousness and such evil as hunger, thirst and the like. O Lakshmi! Drive out from my abode all misfortunes and poverty. 


गन्धद्वारां दुराधर्षां नित्यपुष्टां करीषिणीम्
ईश्वरीं सर्वभूतानां तामिहोपह्वये श्रियम् ।।।। 
                मनसः काममाकूतिं वाचः सत्यमशीमहि
                पशुनां रुपमन्नस्य मयि श्रीः श्रयतां यशः ।।१०।।
I hereby invoke Lakshmi (Shri), whose (main) avenue of perception is the odoriferous sense (i.e., one who abides mainly in cows); who is incapable of defeat or threat from anyone; who is ever healthy (with such virtuous qualities as truth); whose grace is seen abundantly in the refuse of cows (the cows being sacred); and who is supreme over all created beings. O Lakshmi! May we obtain and enjoy the fulfillment of our desires and our volitions, the veracity of our speech, the wealth of cattle, the abundance of varieties of food to eat! May prosperity and fame reside in me.


कर्दमेन प्रजाभूता मयि सम्भवकर्दम
श्रियं वासय मे कुले मातरं पद्मालिनीम् ।।।।    
            आपः सृजन्तु स्निग्धानि चिक्लीत वस मे गृहे
            निच देवी मातरं श्रियं वासय मे कुले ।।१२।।
 Lakshmi! You have progeny in Kardama. (Hence) O Kardama, may you reside in me. Make Mother Shri with garlands of lotuses to have Her abode in my (ancestral) line. may the (holy) waters create friendship (they being of adhesive nature). O Chiklita (progeny of Shri)! Reside at my home; and arrange to make Divine Mother Shri stay in my lineage! 

आर्द्रा पुष्करिणीं पुष्टिं पिंगलां पद्मालिनीम्
चन्द्रां हिरण्मयीं लक्ष्मी जातवेदो में आवह ।।१३।।    
            आर्द्रा यः करिणीं यष्टिं सुवर्णा हेममालिनीम्
            सूर्या हिरण्मयीं लक्ष्मीं जातवेदो आवह ।।१४।।
Invoke for me, O Agni, Lakshmi who shines like gold, is brilliant like the sun, who is powerfully fragrant, who wields the rod of suzerainty, who is the form of supreme rulership, who is radiant with ornaments and is the goddess of wealth. Invoke for me O Agni, the Goddess Lakshmi who shines like gold, blooms like the moon, who is fresh with anointment (of fragrant scent), who is adorned with the lotuses (lifted up by celestial elephants in the act of worship), who is the presiding deity of nourishment, who is yellow in colour, and who wears garlands of lotuses.


तां ऽआवह जातवेदो लक्ष्मीमनपगामिनीम्
यस्या हिरण्य प्रभूतं गावो दास्योऽश्वन्विन्देयं पुरुषानहम् ।।।।
Invoke for me O Agni, that Goddess Lakshmi, who is ever unfailing, being blesses by whom I shall win wealth in plenty, cattle, servants, horses and men. 

यः शुचिः प्रयतो भूत्वा जुहुयादाज्यमन्वहम्
            सूक्तमं पंचदशर्च श्रीकामः सततं जपेत् ।।।।

We commune ourselves with the Great Goddess, and meditate on the consort of Vishnu; may that Lakshmi direct us (to the Great Goal).

ॐ शान्ति: शान्ति: शान्ति:

Om May there be Peace, Peace, Peace.