हामीहरु
धेरैलाइ न्युटनको गति सम्बन्धि नियमका बारेमा थाहा छ । न्युटनले उक्त
नियमहरु ५ जुलाइ १६८७ का दिन "Philosophiæ Naturalis Principia
Mathematica" नामक पुस्तकमा प्रकाशित गराएका थिए । तर न्युटन भन्दा धेरै
अगाडी नै वैज्ञानिक एवम् दार्शनिक महर्षि कणादले गति सम्बन्धि नियम पत्ता
लगाइसकेका थिए । उनले वैशॆषिक दर्शनमा बल र गतिको सम्बन्ध ब्याख्या गरेका
छन् ।महर्षि कणादले वैशेषिकदर्शनमा कर्म शब्द
गतिसँग सम्बन्धित भएको उल्लेख गरेका
छन् । उनका अनुसार गति ५ प्रकारका हुन्छन् ।
१. उत्क्षेपण (Upward
motion)
२. अवक्षेपण (Downward motion)
३. आकुञ्चन )Motion due to the release of tensile stress)
४. प्रसारण )Shearing motion)
५. गमन )General Type of motion)
२. अवक्षेपण (Downward motion)
३. आकुञ्चन )Motion due to the release of tensile stress)
४. प्रसारण )Shearing motion)
५. गमन )General Type of motion)
First
Law of Motion
महर्षि कणाद:-
वेग: निमित्तविशेषात् कर्मणो जायते
Newton:- The change of motion is due to impressed force (Principia)
Newton:- The change of motion is due to impressed force (Principia)
(The law stated that an object at rest tends to stay at rest and an object in motion tends to stay in motion with the same speed and in the same direction unless acted upon by an unbalanced force.)
Second Law of Motion
महर्षि कणाद:- वेग निमित्तापेक्षात् कर्मणो जायते नियत्दिक् क्रिया प्रबंध हेतु
Newton:- The change of motion is proportional to the motive force impressed and is made in the direction of the right line in which the force is impressed (Principia)
महर्षि कणाद:- वेग निमित्तापेक्षात् कर्मणो जायते नियत्दिक् क्रिया प्रबंध हेतु
Newton:- The change of motion is proportional to the motive force impressed and is made in the direction of the right line in which the force is impressed (Principia)
Third Law of Motion
महर्षि कणाद:- वेग: संयोगविशेष विरोधी
Newton:- To every action there is always an equal and opposite reaction (Principia)
महर्षि कणाद Atomic Theory का प्रतिपादक समेत हुन् । कण (Atom) सम्बन्धि सिद्धान्त प्रतिपादन गरेकाले नै उनको नाम कणाद रहन गएको हो । उनका अनुसार सबैभन्दा सुक्ष्म वस्तु परमाणु हो जुन न त उत्पादन गर्न सकिन्छ न त विनाश नै गर्न सकिन्छ । प्रत्येक परमाणुमा आफ्नो छुट्टै विशेषता हुने भएकाले यी परमाणुहरुको मिलनबाट बनेका नयाँ वस्तुहरुमा पनि भिन्नता पाइन्छ । तिनै परमाणुहरुको विशेषताबाट यी वस्तुहरुको विशेषता निर्धारण हुन्छ ।
हिन्दू धर्मशास्त्र अनुसार प्रमुख ६ वटा दर्शनहरुमध्ये वैशेषिक दर्शन पनि एक महत्वपूर्ण वैदिक दर्शन
मानिन्छ । अणुवादका प्रवर्तक कर्णाद अर्थात
अक्षपादद्वारा प्रवर्तित वैशेषिक दर्शनले जीवन र जगतका बारेमा प्रस्तुत गरेको व्याख्या धेरैजसो हिन्दू धर्मवालम्वीहरुको जीवन पद्दतिमा एउटा
महत्वपूर्ण नीतिशास्त्रकै रुपमा स्थापित भएको छ ।
परमाणु वा अणुवादलाई आफ्नो मूख्य विषय बनाएको यो
दर्शनले मूलतः वास्तविक जीवनका उतारचढावहरुलाई बुझ्न आत्मज्ञान प्राप्ति आवश्यक हुने कुरामा जोड दिएको छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा
ईश्वरीय शक्तिको चर्चा गरेको पाइन्छ ।
No comments:
Post a Comment