यो वर्ष खगोलमा रुचि राख्नेहरुका लागि महत्वपूर्ण रहनेछ । एक पटक फेरि शुक्र ग्रहले खगोलशास्त्री, वैज्ञानिक र खगोलीय घटनाहरुमा चाख दिनेहरुका लागि नव चिन्तन र अनुसन्धानको ढोका खोलिदिएको छ । आगामी २३ र २४ ज्येष्ठ (जुन ५ र ६ तारिख)का दिन एउटा अनौठो खगोलीय घटना घट्दै छ । हामी दुई तिहाई भन्दा बढी पृथ्वीबासीहरु यस घटनाका साक्षी हुनेछौं । सायदै हामीले यो घटना यस पछि देख्नेछौं अर्थात् हाम्रो जीवनकालमा यो घटना नै अन्तिम हुनेछ । उक्त दिन सूर्य बिम्बबाट सानो धब्बाको रुपमा शुक्र ग्रहले पार गरेको देखिनेछ । यस घटनालाई शुक्रको पारगमन, कसैले सूर्य शुक्र भेदयुति त कँही सूर्य बिम्बमाथि शुक्रको अतिक्रमण (Transit of Venus) को संज्ञा दिइएको पाइन्छ । ज्योर्तिगणितम्मा आचार्य वेङकटेश केतकरले गणित उदाहरण प्रस्तुत गर्दै भेदयुति भन्ने शब्द प्रयोग गरेकाछन् । यहाँ पनि भेदयुति भन्ने शब्द नै प्रयोग गरिएको छ ।
शुक्र सौरमण्डलमा सूर्यबाट दोस्रो नजिकको ग्रह हो । यसको व्यास १२,१०३.६ कि.मि. र भार १०२४ किलोग्रामको छ । पृथ्वीभन्दा शुक्रको व्यास लगभग ९५% सानो र भार ८१.५% कम छ । अतः पृथ्वीबाट हेर्दा आकार र दुरी एवं सूर्य जस्तो ठूलो गोलाको नजिकबाट भ्रमण गर्दा शुक्र सानो धब्बा जस्तो मात्र देखिन्छ । त्यसैले यसको अध्ययन दुरविनको सहायताले गरिन्छ । तर, दुरबिनमा विशेष प्रकारको ग्लास फिल्टरको प्रयोग आवश्यक हुन्छ अन्यथा नेत्रको ज्योतिलाई ह्रास गर्दछ ।
शुक्र सौरमण्डलमा सूर्यबाट दोस्रो नजिकको ग्रह हो । यसको व्यास १२,१०३.६ कि.मि. र भार १०२४ किलोग्रामको छ । पृथ्वीभन्दा शुक्रको व्यास लगभग ९५% सानो र भार ८१.५% कम छ । अतः पृथ्वीबाट हेर्दा आकार र दुरी एवं सूर्य जस्तो ठूलो गोलाको नजिकबाट भ्रमण गर्दा शुक्र सानो धब्बा जस्तो मात्र देखिन्छ । त्यसैले यसको अध्ययन दुरविनको सहायताले गरिन्छ । तर, दुरबिनमा विशेष प्रकारको ग्लास फिल्टरको प्रयोग आवश्यक हुन्छ अन्यथा नेत्रको ज्योतिलाई ह्रास गर्दछ ।
सूर्य र पृथ्वीको बिचमा शुक्र ग्रह आइपुगेपछि पृथ्वीबाट
हेर्दा यो दृष्य देखिन्छ । तर विशेष अवस्थिति (alignment) का कारण यो एक अत्यन्त
दुर्लभ घटना हुन पुगेको हो । अघिल्लो पटक २६ ज्येष्ठ २०६१ मा देखिएको यस्तो दृष्य यस
बर्ष २४ ज्येष्ठ २०६९ पछि २४ मंसिर २१७४ मा
मात्र देखिनेछ ।
सूर्यशुक्र झै भेदयुति सूर्यबुधको पनि देखिन्छ । तर शुक्रको भन्दा छिटो दोहोरिन्छ । खगोलशास्त्रीहरुका अनुसार सूर्यबुधको भेदयुति एक शताब्दीमा १३ पटक हुन्छ । यसको समयान्तर १३,७, १० र ३ बर्षको हुन्छ र अंग्रेजी महिनाको मे र नोभेम्बरमा मात्र दृष्य छ । भेदयुति भित्रिग्रहहरु (Interior Planets) बुध र शुक्रको मात्र संभव छ । किनभने यसकालागि सूर्य र पृथ्वीको बिचमा ग्रह हुन जरुरी छ । अन्य ग्रहहरु सूर्य र पृथ्वीको बिचमा आउन संभव छैन ।
मिति (वि.सं.) (इ.सं.) फरक बर्ष
२३ मार्ग १९३९ १८८२ डिसेम्बर ६
२६ ज्येष्ठ २०६१ २००४ जुन ८ १२१.५
२४ ज्येष्ठ २०६९ २०१२ जुन ६ ८
२४ मार्ग २१७४ २११७ डिसेम्बर ११ १०५.५
२४ मार्ग २१८२ २१२५ डिसेम्बर ११ ८
२३ मार्ग १९३९ १८८२ डिसेम्बर ६
२६ ज्येष्ठ २०६१ २००४ जुन ८ १२१.५
२४ ज्येष्ठ २०६९ २०१२ जुन ६ ८
२४ मार्ग २१७४ २११७ डिसेम्बर ११ १०५.५
२४ मार्ग २१८२ २१२५ डिसेम्बर ११ ८
शुक्रको भ्रमण पथ पृथ्वीको भ्रमण पथसँग ३.३९४० ले ढल्केको छ । यसले क्रान्तिवृत्त (पृथ्वीबाट हेर्दा आकाशमा सूर्य हिँड्ने बाटो) को दुई बिन्दुलाई काट्दछ, यही विन्दुमा सूर्य अंग्रेजी महिनाको जुनको सुरु र डिसेम्बरमा आइपुग्छ । संयोगवश शुक्र पनि यही स्थानमा आइपुगे सूर्य शुक्रको भेदयुति पृथ्वीबाट देखिन्छ । यसैकारण जुनको शुरु र डिसेम्बर महिनामा मात्र यो घटना देखिने गरेको हो । शुक्रले २२४.७ दिनमा सूर्यलाई एक चक्कर लगाउँदछ । त्यस्तै सूर्य शुक्र र पृथ्वीको सोही अंशमा भेट (Inferior Conjunction) ५८३.९ दिनमा हुन्छ । यस हिसावले सूर्य–शुक्रको भेदयुति चाँडै नै हुनु पर्ने हो तर सूर्य उक्त स्थानमा भएको बेला शुक्र क्रान्तिवृत्तबाट माथि वा तल पर्न जाने हुँदा संयोगका लागि लामो समय पर्खनु पर्छ ।
सूर्य–शुक्रको भेदयुतिका मितिहरुलाई संकलन गरी विश्लेषण गर्ने हो भने निम्न बर्षहरुको अनौठो पुनरावृत्ति चक्र (Repetition pattern) देखा पर्दछ: १२१.५, ८, १०५.५ र ८..................
माथि उल्लेख भइसकेको छ कि पृथ्वी र शुक्र सूर्यको एउटै सतहमा भए युति भेदन हुन्छ । त्यस्तै सूर्य र पृथ्वीको बिचमा शुक्र प्रत्येक १.५ वर्षमा आउँछ । तर शुक्र सूर्य बिम्बभन्दा कहिले केही माथि र कहिले केही तल पर्न जाने हुँदा संयोग पर्नका लागि माथि उल्लिखित पुनरावृत्ति चक्रलाई पर्खनै पर्ने हुन्छ । यो कुरा प्रत्येक औंसीमा सूर्य ग्रहण नपरे जस्तै हो ।
यसको महत्व
वैज्ञानिकहरुका अनुसार यस घटनाले ब्रम्हाण्डमा हाम्रो स्थान निर्धारण गर्न मद्दत पु¥याउँछ । पृथ्वीको विभिन्न स्थानबाट हेर्दा देखिने भेदयुतिको फरक फरक स्थिति र समयावधि यसका लागि महत्वपूर्ण हुन्छ । सूर्य र पृथ्वीको दुरी निर्धारण भएपछि केपलरको तेस्रो नियमको प्रयोगले सूर्य र अन्य ग्रहको दुरी पत्ता लगाउन सजिलो हुने र यसले सौरमण्डलको मापन गर्न समेत सकिने कुरा वैज्ञानिकहरु बताउँछन् । त्यसकारण यो मौकालाई उपकरणका रुपमा प्रयोग गर्न वैज्ञानिकहरु ऐतिहासिक कुतूहल लिएर पर्खिरहेका छन् । सर्वसाधारणलाई यस घटनाले सौरमण्डल र हाम्रो जीवनबारे उत्सुकता जगाउन साथै खगोलका बारेमा अध्ययन बढाउन सुनौलो मौका प्रदान गर्दछ । नेपालमा पञ्चांग र ग्रहगणनाका लागि सूर्य सिद्धान्तको प्रयोग गरिंदै आएको छ । ग्रहहरुको स्थिति पात्रोहरुमा उल्लेख गर्ने गरिएको छ । भेदयुतिको समयमा सूर्य र शुक्रको स्थितिलाई पृथ्वीबाट एकै साथ अध्ययन गर्न सकिने हुदाँ गणना पद्धतिमा कुनै फरक देखिएमा सुधार गर्ने उपाय अपनाउन यसलाई अवसरका रुपमा लिनुपर्छ ।
कसरी हेर्ने ?
सुरक्षित तरिका नअपनाई सूर्य बिम्बमा हेर्नु घातक हुन सक्छ । अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा जारी गरिएको सबै भन्दा सजिलो र सुरक्षित उपाय १४ नं. बेल्डिङ्ग ग्लासको प्रयोग गर्नु हो । तर ७, ७ नं. का २ वटा ग्लासहरुको प्रयोग नगर्न समेत सचेत गराइएको छ । स्वीकृत नगरिएका परम्परागत तरिका अपनाई हेर्दा आँखाको ज्योतिसमेत गुम्न सक्छ ।
कहाँ कहाँबाट कहिले देखिन्छ ?
नासाका ग्रहणविद् Fred Espenak ले तयार पारेको नक्साअनुसार यो घटना सम्पूर्ण (स्पर्शदेखि मोक्षसम्म) रुपमा उत्तर अमेरिकाको उत्तर पश्चिमी भाग, हवाई, पश्चिमी प्यासिफिक, एशियाको उत्तरी भाग, जापान, कोरिया, चीनको पूर्वभाग, फिलिपिन्स, अष्ट्रेलिया र न्युजिल्याण्डबाट देखिनेछ। त्यसैगरी २३ ज्येष्ठका दिन उत्तर अमेरिका, क्यारेबियन सागर, दक्षिण अमेरिकाको उत्तर पश्चिमी भागमा सूर्यास्त समयमा समेत युतिभेद भइरहेको हुन्छ । २४ ज्येष्ठका दिन नेपाल, भारत, मध्य एशिया, मध्यपूर्व, युरोप र पूर्वी अफ्रिकाबाट देखिनेछ । तर, सूर्योदय हुँदा युति भेदन प्रारम्भ भइसकेको हुनेछ । पोर्चुगल, स्पेनको दक्षिणी भाग, पश्चिम अफ्रिका र दक्षिण अफ्रिकाको दक्षिण पूर्वका केही भागमा यो घटना देख्न असम्भव छ ।