Thursday, April 19, 2012

समय मण्डल (Time Zone) सम्बन्धि सिद्धान्त

समय मण्डल (Time Zone) भन्नाले पृथ्वीको यस्तो क्षेत्रलाई जनाउँछ जहाँ एउटै प्रामाणिक  समयको प्रयोग हुन्छ । समय मण्डल निर्धारण गर्ने सामान्य ज्यामितीय नियम पृथ्वीको देशान्तरको प्रत्येक १५ (१ घंटा) बराबर एक क्षेत्र निर्धारण गर्नु पर्छ भन्ने हो । तर अन्य भौगोलिक र राजनैतिक अभ्यासहरुको प्रभाव यस नियममा परेको देखिन्छ ।
समय मण्डलको निर्धारण हुनु भन्दा अघि स्थानीय सौर समयको प्रयोग हुँदै आएको थियो । स्थानीय सौर समय नै स्पष्ट समय हो । धुपघडीले दिने समय स्थानीय सौर समय हो । यान्त्रीक घडीले दिने समय मध्यम समय हो ।
Greenwitch Mean Time (GMT) को शुरुवात सन् १६७५ मा ब्रिटेनको Royal Observatory ले गरेको हो । जसको उद्देश्य देशान्तरको निर्धारण गर्नु थियो । पहिलो Time Zone को निर्धारण व्रिटेनकै रेलवे कम्पनीहरुले 1 December 1947 मा बोक्न मिल्ने Chronometer को सहायताले गरेका थिए । यसलाई नै केही समय पश्चात रेलवे समय भनिन थाल्यो । सन् १८५५ सम्ममा ब्रिटेनका ९८% घडीमा  GMT को प्रयोग हुन थाल्यो । सन् १८६८ नोभेम्बर २ देखि ब्रिटिस कोलोनीका रुपमा न्यूजिल्याण्डमा पनि स्ट्याण्डर्ड समयको प्रयोग हुन थाल्यो । जुन ग्रीनवीचबाट १७२ ३०पूर्वी देशान्तर अर्थात ११ घं.३० मी अघिको समय थियो । ब्रिटेन पछि संभवत स्ट्याण्डर्ड समयको प्रयोग गर्ने मुलुक यहि हो । जसलाई न्यूजिल्याण्ड मीन टाइम भनिन थाल्यो ।
सन् १८७६ मा Sandford Fleming ले संसारभरि २४ घंटे घडीबाट एउटै समय कायम गर्नु पर्ने प्रस्ताव अघि सारेका थिए । उनको प्रस्ताव ग्रीनवीचको ठीक विपरित अर्थात् अन्तराष्ट्रिय मितिरेखा (International Date Line) बाट घडीको शुरुवात गर्नुपर्छ भन्ने थियो । उनले यसको वकालत जारी राखेका थिए तर सन् १८८४ को अक्टोबरमा भएको International Meridian Conference ले उक्त प्रस्तावलाई अस्विकार गर्यो र ग्रीनवीचलाई नै आधार मान्ने भयो ।
अमेरिकाको समय प्रणाली १९ औं शताव्दीको मध्य सम्म पनि असजिलो थियो । रेलरोडहरुमा आफ्नै किसिमका समय प्रयोग हुन्थे । रेल परिर्वतन गर्दै लामो दुरीको यात्रा गर्दा आफ्नो रेल कहिले आईपुग्ने हो भन्ने कुराले यात्रुहरु भ्रममा पर्थे । 19 March 1918 का दिन अमेरिकी कंग्रेसमा Standard Time विधेयक पारित भई कानुन बनेपछि त्यहा रहेको समय सम्बन्धी भ्रम विस्तारै हट्दै गयो ।
सन् १९२९ बाट प्रमुख राष्ट्रहरुले घंटाकै आधारमा समय मण्डल निर्धारण गर्न थाले । हाल सबै देशहरुले प्रामाणिक समय मण्डलको प्रयोग गर्दछन् । तर समय मण्डलको निर्धारणका लागि यसको आधारभुत परिभाषालाई पछ्याएको भने देखिदैंन । न्यूफाउण्डल्याण्ड, भारत, इरान, अफगानिस्तान, भेनेजुयला, बर्मा, मौरिसस र अष्ट्रलेलिया(केही क्षेत्रमा) मा आधा घण्टा (साढे) को समय मण्डल प्रचलनमा रहेको छ । नेपाल र केही क्षेत्रहरु जस्तै Chatham Island ले चौथाई फरक प्रयोग गरेका छन् । केही राष्ट्र (प्रमुख रुपमा चिन) हरुले क्षेत्रफल समय मण्डलबाट १५  देशान्तर भन्दा बढी भए पनि देशभर एउटै समय लागु गरेका छन् ।
कम्प्युटर र इन्टरनेटमा समय मण्डलको प्रयोग
इन्टरनेटमा Coordinated Universal Time (UTC)  को प्रयोग गरिन्छ ।  जस्तै च्याटिङ्ग, न्यूज सोज आदिमा । इमेलमा प्रेषकको Time Zone प्रेषित समय गणनाकालागि प्रयोग हुन्छ । तर प्राप्तकर्ताको इमेल क्लाइटमा आफ्नो सेटिङ्ग अनुसार प्रेषित समय पुनः गणना हुन्छ ।
मुख्य अपरेटिङ्ग सिस्टमहरु Windows, Unix Unix का अन्य उत्पादनमा समेत Time Zone को सेटिङ्ग राखिएको हुन्छ । Unix  Linux मा zoneinfo नामक डाटाबेसमा समय सम्बन्धी जानकारीहरु संचित भएका हुन्छन् । Windows मा Run मा गई timedate.cpl टाईप गरेपछि Time Zone ट्यावबाट विश्वका प्रमुख शहरहरुको विवरण प्राप्त गर्न र कम्प्युटरको सेटिङ्ग परिवर्तन गर्न सकिन्छ ।
(यो लेख २०६८ चैत्र महिनाको ज्योतिर्विज्ञान मञ्चमा पनि छापिएको थियो ।)