Tuesday, May 9, 2017

झापाकी शताक्षीदेवी (शतासी धाम)



भूयश्चः शतवार्षिक्यामनावृष्ट्यामनम्भसि ।
मुनिभिः संस्तुता भूमौ सम्भविष्याम्यायोनिजा ।।
ततः शतेन नेत्राणां निरीक्षिष्यामी यन्मुनीन् ।
किर्तयिष्यन्ति मनुजाः शताक्षीमिति मां ततः ।।

–  मार्कण्डेय पुराण

हामीहरू तीर्थ गर्न विदेशतिर जान्छौँ। विदेशमा तीर्थ जानुभन्दा पहिले आफ्नै देशका पौराणिक मान्यता प्राप्त तीर्थहरूमा दर्शनार्थ जानु नै हाम्रो परम् कर्तव्य हो । हाम्रो देशका अनेकौं स्थानमा रहेका तीर्थस्थल तथा ऐतिहासिक स्थलका प्राचीन नामहरू पनि अपभ्रंश भएकाले ती स्थानहरूको जनसाधारणमा जानकारी हुन सकेको छैन । प्राचीनकालका इतिहासहरू अनुसन्धान एवं खोजद्वारा सर्वसाधारणलाई जानकारी गराउनु आवश्यक हुन्छ ।

नाम अपभ्रंश (शताक्षीबाट सतासीधाम)  भएर जति मान्यता पाउनु पर्दथ्यो त्यति नपाएको सिद्धतीर्थ पीठ शताक्षीधाम झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पर्ने एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । पूर्व–पश्चिम राजमार्गको झिलझिले बजारबाट करिब ५ कि. मी= उत्तर चुरे पर्वतको फेदीमा रहेको इलाम जिल्लासँग सिमाना जोडिएको स्थानमा भित्ते चित्रहरुले सिङ्गारिएका प्राकृतिक सौन्दर्यले मुग्ध पार्ने तीर्थस्थल सतासीधाम भनेर केही व्यक्तिले मात्र जान्दछन् । यहाँ रहेका प्राकृतिक मूर्तिका स्वरुपहरु, पहाडका भित्ता, प्राकृतिक रुपमा रहेका गाईका थुन आकारका प्रतीकहरुबाट निस्कने दुधिलो पानी, सतासी खोलाको एउटा स्थानबाट निस्कने गन्धक –पानी, फेदीमा रहेका अन्य मूर्तिहरु कारणले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ ।

सतासीधाम देवी भागवतमा वर्णित शताक्षी देवीको उत्पत्ति स्थल हो । यसमा दुईमत छैन ।  यो तीर्थस्थलको महात्म्य कामक्षा आदि शक्तिपीठको जत्तिकै छ । तर, यस स्थलको प्रचार–प्रसार र बाटो आदिको व्यवस्था पूर्णरुपमा राम्रो नभएकोले प्रायः उपेक्षित रहेको छ ।

देवी भागवतस्कन्ध ७ अध्याय २८/२९ अनुसार प्राचीनकालमा देवीद्वारा महिषासुर र शुम्भ निशुम्भको बध पश्चात् दुर्गमासुर नामको दानव उत्पन्न भयो । उसले ब्रम्हाको तपस्या ग¥यो । तपस्याबाट ब्रम्हा सन्तुष्ट भएर वर माग्न आग्रह गर्नुभयो । दुर्गमासुरले ब्राम्हण र देवताको बल भनेको वेद हो । वेद कब्जामा राख्न सके विश्व विजय हुन्छ भनेर ब्रम्हासँग वेद दिनुहोस् भनेर वर माग्यो । ब्रम्हाले दुर्गमासुरलाई वेद दिनु भयो । दानवले वेद पाउने वित्तिकै देवता र ब्राम्हणहरूले वेदका ऋचाहरू भुले । ब्राम्हणहरूबाट वेद विस्मृत भएपछि देवतालाई हवनद्वारा हवि प्राप्त हुन छाड्यो । यज्ञ हुन छाडेपछि पृथ्वीमा वर्षा भएन र धेरै वर्षसम्म अनिकाल प¥यो । दानवले इन्द्रलोक लगायत विश्वमा दिग्विजय ग¥यो । यसरी दयनीय अवस्थामा पुगेका देवता र ब्राम्हणहरूले भगवती जगदम्बाको आराधना गर्न थाले ।

भगवती जगदम्बा शरीरमा एक सय आँखा लिएर प्रादुर्भाव हुनुभयो र देव ब्राम्हणलगायत पृथ्वीका जीवजन्तुको दयनीय स्थिति देखेर भगवतीले आफ्ना सय आँखाबाट जलको वर्षा गराउनुभयो । बर्षाबाट पृथ्वीका जीव जन्तुलाई अन्न एवं औषधिको व्यवस्था भयो । त्यही समयमा ब्राम्हणहरूले सय आँखा भएकी देवीलाई शताक्षी भनेर पूजा अर्चना गरे । शताक्षी रुप लिएर जल वर्षा गरेको स्थान नै वर्तमान झापा जिल्लामा अवस्थित शतासीधाम हो ।

जलको वर्षाबाट अन्नको रक्षा भएपछि भगवती शताक्षी देवीले देव ब्राम्हणहरूलाई वर्तमान भारतमा रहेको सहरानपुरदेखि ४० कि.मि= पर साकम्भरी पीठका नामले प्रसिद्ध रहेको स्थानमा लगेर साग र फलहरू सहित भोजन गराउनु भयो । भोजनबाट देव ब्राम्हणहरुको आत्म सन्तुष्टि भयो । त्यसपछि उनीहरुलाई दुर्गमासुरको अत्याचारबाट मुक्त पार्न त्यसको बध गर्नुभयो । दुर्गमासुरलाई बध गरेका स्थान साकम्भरी पीठभन्दा केही पर देव बन्ध दुर्गा पीठको नामले प्रसिद्ध छ । उक्त स्थानमा १८ विगाहको पोखरी रहेको र श्रीदेवी कुण्ड संस्कृत विद्यालयसमेत स्थापित छ ।

पाण्डवहरूले वनबासको अन्तिम समयमा एक वर्ष गुप्तबास बस्नु पर्ने भएको र सो कार्य सफल होस् भनेर यस स्थानमा उनीहरूले सत्ताक्षी देवीको आराधना गरी हतियारसमेत यहि लुकाएको जनविश्वास रहेको छ ।

देवी भागवत र मार्कण्डेय पुराणमा भगवती जगदम्बाले भन्नु भएको छ – मेरो पवित्र तीन पीठ शताक्षी, साकम्भरी, दुर्गा पीठ स्थान अत्यन्त प्रिय छन् । जसले यी नामको पाठ, जप र उक्त पीठको दर्शन गर्दछ । उनीहरूलाई म संकटमुक्त पार्दछु । त्यसर्थ हामीहरू पनि सकेमा तीन पीठको नसकेमा हाम्रो आफ्नै देशभित्र रहेको झापा जिल्लामा पर्ने शताक्षी धामको दर्शन गरौं ।

स्मरण रहेस्, यी तीनै पीठमा वर्ष वर्षमा मेला लाग्दछ । साकम्भरी पीठमा आश्विन शुक्ल चतुर्दशी, दुर्गा पीठमा चैत्र शुक्ल चतुर्दशी र शताक्षी धाममा मार्ग कृष्ण चतुर्दशीमा मेला लाग्दछ ।
 
देशभित्र लुप्त अवस्थामा रहेका यस्ता धार्मिक स्थलहरुको धार्मिक तथा पर्यटन विकासका लागि राज्य र स्थानीय क्षेत्रबाट संरक्षण र सम्बद्र्धन गर्दै सार्वजनिक गराउने कार्य हुनु आवश्यक छ ।

 ( आकाश–दर्शन पञ्चाङ्ग, २०७४ बाट )

Tuesday, June 16, 2015

अधिकमासको गणितीय एवं बैज्ञानिक पक्ष



–  सुर्दशन पौडेल


अधिकमासको अवधारणा हिन्दु पात्रोमा अद्वितीय रहेको एक सौर वर्षमा १२ वटा चान्द्रमास हुन्छन्, तर यसवर्ष (२०७२) को पात्रोमा १३ वटा चान्द्रमास रहेका छन् जस मध्ये आषाढ गतेदेखि आषाढ ३१ गतेसम्मको दुई पक्ष अधिक आषाढ (चान्द्रमास) हो पात्रोमा साधारण चान्द्रमासभन्दा बढी भएको यस महिनालाई अधिकमास, मलमास अथवा पुरुषोत्तम मास भन्ने गरिन्छ

अधिकमासको अवधारणाले नै हाम्रा चाडपर्वहरु ऋतुसंग बाधिएका हुन् ख्रिश्चियनहरुको पात्रो सौर महिनामा आधारित इस्लामहरु चान्द्र महिना अनुसार चाडपर्व निर्धारण गर्दछन् हामी पनि चान्द्रमासका आधारमा चाडपर्व मनाउछौं इस्लामहरुको इद प्रत्येक वर्ष ११ दिनले चाँडो आउछ बर्ष भरि घुमि रहन्छ हाम्रो दशैपनि प्रत्येक वर्ष ११ दिनले छिटो हुन्छ, तर वर्ष भरि घुम्दैन,  शरद् ऋतुमा मात्र दशै आँउछ,  लगभग प्रत्येक बर्षमा आउने अधिकमासले गर्दा हाम्रा चाडपर्वहरुलाई सम्बन्धित ऋतुसँग जोडि राख्छ ।  सौरऋतुलाई चान्द्रमासका आधारमा मनाइने चाडपर्वसँग जोडिराख्ने काम अधिकमासले गर्दछ  अधिकमासले सौर चान्द्रमासको समन्वय गर्ने काम गर्दछ यो नै हिन्दु पात्रोको अद्वितीय एवं बैज्ञानिक पक्ष हो


                      औशी (बजे)     संक्रान्ति (बजे)
बैशाख                         १५:४५ बैशाख संक्रान्ति
बैशाख         २४:५०                 
ज्येष्ठ                           १४:११ ज्येष्ठ संक्रान्ति
ज्येष्ठ           ०९:४७                 
ज्येष्ठ   ३२                  २४:१६ आषाढ संक्रान्ति
आषाढ         १९:२३
आषाढ  ३१     ०६:२२
श्रावण                     १५:५५ श्रावण संक्रान्ति

यसवर्ष आषाढ महिना (आषाढ र श्रावण संक्रान्तिको बिच)  मा दुईपटक औंशीको समाप्तिकाल (प्रतिपदा आरम्भ)  परेकोले चान्द्रमहिनाका हिसाबले दुईवटा आषाढ परेको हो अधिक चान्द्रमासको नाम पनि त्यही सौरमास अनुसार राखिन्छ

पृथ्वीले सूर्यलाई चन्द्रमाले पृथ्वीलाई आफ्नो भ्रमणपथमा परिक्रमा गरिरहेका छन् पृथ्वीले सूर्यलाई एक फन्को लगाउन ३६५=२५६४ दिन लगाउँछ त्यस्तै चान्द्रमासको अवधि (एक औंशीको समाप्ति बाट अर्को औंशीको समाप्तिकालको अवधि) २९=५३०६  (२९ दिन १२ घण्टा ४४ मिनेट ३८. सेकेन्ड ) दिनको हुन्छ तसर्थ एक चान्द्रबर्षमा २९.५३०६ X १२ = ३५४.३६७२ दिन हुन्छ  अतः एक चान्द्रबर्ष सौरवर्षको फरक १०.८९९२ ( ११) दिनको हुन्छ त्यसकारण प्रत्येक वर्ष चान्द्र महिना ११ दिनले छिटो हुन्छ वर्षमा उक्त फरक ३३ दिनको हुन्छ, जुन महिनाभन्दा लामो अवधि हो यहि अवधिलाई अधिकमास भनिन्छ

वशिष्ठ संहितामा उल्लेख भए अनुसार अधिकमास प्रत्येक ३२ महिना १६ दिन घडी पछि आउँछ सामान्यतयाः अधिकमास वर्ष महिना, बर्ष महिना, वर्ष १० महिना वर्ष ११ महिना पछि परेको देखिन्छ जसको औसात वर्ष . महिना (३२ महिना) हो चान्द्र महिनाको अवधिलाई १०. (सौर चान्द्र वर्षको फरक दिन) ले भाग गरेर हेर्दा पनि २९.÷१०. = वर्ष . महिना नै आउँछ
सामान्यतयाः एक चान्द्रमासमा एक सौर्य संक्रान्ति पर्दछ तर, अधिक मासको समयमा चान्द्रमासले सौर संक्रान्ति भेट्दैन त्यसैगरी कुनै चान्द्रमासमा दुई सौर संक्रान्ति परेमा यस्तो अवस्थालाई क्षय मास भनिन्छ क्षय मास सौरमासको अवधि कम हुने महिनाहरू मंसिर, पौष माघ  महिनामा मात्र संभव सामान्यतयाः क्षयमास १९ १४१ वर्ष पछि आउँछ, तर कहिले काहीँ ६५, ७६ १२२ वर्ष पछि पनि क्षयमास परेको देखिन्छ क्षयमास परेको वर्ष निश्चितरुपमा एउटा क्षयमास अघि अर्को क्षयमास पछि गरेर दुईवटा अधिकमास पर्दछ